२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

नुवाकोटमा माओवादी केन्द्रका राममाया बोगटीको बागी उम्मेदवारी



नुवाकोट । माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटी पत्नी राममाया बोगटीले बागी उम्मेदवारी दिएकी छन् । आफूले पाएको टिकट खोसिएपछि उनले बागी दिएकी हुन् ।

माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२ को (ख) मा टिकट दिएको थियो । तर, उम्मेदवारी मनोनयन दर्ताको केही घण्टाअघि मात्र टिकट खोसिएपछि उनले बागी दिएकी हुन् ।

सत्ता गठबन्नबीचको भागबण्डामा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ (क) नेकपा एकीकृत समाजवादी र ९ख० माओवादी केन्द्रको भागमा परेको थियो । तर, अन्तिम समयमा कांग्रेस र माओवादीले अघिल्लो निर्णय उल्ट्याउँदै प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेका थिए ।

प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको ९क० मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् ।

प्रदेश (क) मा समाजवादीबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी र (ख) मा माओवादीबाट बोगटीले लगिसकेको टिकट अन्तिम अवस्थामा खोसिएको थियो ।

समाजवादीको भागमा परेकोे प्रदेश (क) मा माओवादीबाट रामप्रसाद ढुंगाना र माओवादीले पाउने भनिएको प्रदेश (ख) मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् ।

बोगटीले आफूले पहिला टिकट पाएको भन्दै उम्मदेवारी फिर्ता नलिने अडान राखेकी छन् । यस्तै प्रदेश (क) मा उम्मेदवारी दर्ता गराएका लोहनीले माओवादीबाट उम्मेदवारी दिएका ढुंगानाको उम्मेदवारी कायमै रहे गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : १० बजे

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ