१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

बाबुरामको नेपाल समाजवादी पार्टीका ६ जना माओवादीको चुनाव चिन्हबाट लड्दै



काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् ।

नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ ।

माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ । जसमा महीन्द्र राय यादव सर्लाही २ र मानुषी यमि भट्टराई काठमाडौं ७ बाट उम्मेदवार बनेकी छन् ।

यस्तै, माओवादीले प्रदेश सभाको चार सिट पनि उपलब्ध गराएको छ । प्रदेश सभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणीन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) बाट उम्मेदवार बनेका छन् । यसपटक बाबुराम भने उम्मेदवार बनेका छैनन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ५६ बजे

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको