काठमाडौं । सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवार विरुद्ध दिएका उम्मेदवारी भोलि दिउँसो १ बजेभित्र फिर्ता लिन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै शीर्ष नेताहरुले बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।’
उम्मेदवारी फिर्ता नलिनेलाई आआफ्नो पार्टीबाट निस्काशन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । ‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।’




















प्रतिक्रिया