४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दियामा शेखर समुहको उम्मेदवारी खारेज गराउने प्रयास असफल, गौतमले पाए मान्यता



नेपालगन्ज । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा शेखर कोईराला समुहको उम्मेदवारी खारेज गराएर प्रधानमन्त्री देउवा समुहको उम्मेदवारी कायम गराउने प्रयास असफल भएको छ । मुख्य निर्माचन अधिकृतको कार्यालयले शेखर समुहका संजय गौतमको उम्मेदवारीलाई मान्यता दिएसँगै देउवा समुहको प्रयास असफल भएको हो ।

नेपाली कांग्रेसका नेता एवं २०७४ को निर्वाचनमा विजयी सांसद संजय गौतमले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदसय पदका लागि उम्मेदवारी दिएकोमा सोही पदका लागि कांग्रेसकै तर्फबाट अरुणसिंह राठोरले पनि उम्मेदवारी दिएका थिए । निर्वाचन कार्यालयले रोठोरको दाबी नपुगेको भन्दै उम्मेदवारी खारेज गरिदिएको छ ।

राठोरको दाबी नपुगेको भन्दै गौतमको उम्मेदवारीलाई मान्यता दिने निर्णय गरिएको जिल्ला निर्वाचन अधिकृत नगेन्द्र लम्सालले बताए । राठोर देउवा प्यानलबाट उम्मेदवार बन्न खोजेका थिए ।

गौतमले २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका बामदेव गौतमलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको