७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देही-२ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ र दिर्घबहादुर केसी विरुद्ध बैंकिङ कसुरको कालोसूचीमा रहेको उजुरी

कालोसूचीबाट नाम नहटे उम्मेदवारी खारेज हुने



बुटवल । सत्ता गठबन्धनबाट रुपन्देही २ मा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका २ जना विरुद्ध उजुरी दर्ता भएको छ । दुबै जना बिरुद्ध बैंकिङ कसुर अन्तर्गत कालो सूचीमा नाम चढेको भन्दै उम्मेदवारी खारेजीको माग सहितको उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङ र प्रदेशसभा अन्तर्गत रुपन्देही २ (क)बाट उम्मेदवारी दिएका दिर्घबहादुर केसी विरुद्ध कालोसूचीमा नाम चढेको उजुरी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

दुबै उम्मेदवारलाई उजुरीबारे सूचना गरिएको र समयसिमा भित्र कालोसूचीबाट नाम हटेको प्रमाण ल्याउन नसकेको अवस्थामा उम्मेदवारी खारेज हुने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले खबरकुरालाइ बताए । भोली ५ बजे सम्ममा उम्मेदवारी रहने वा नरहने विषयमा टुंगो लाग्ने उनले बताए । अर्का उम्मेदवार हेमराज बस्यालका विरुद्ध पनि बैकिङ कसुरकै उजुरी परेको पनि उनले खबरकुरालाइ बताए ।

रुपन्देही २ का हामी नेपाली पार्टीका उम्मेदवार डा. निकोलस भुसाल विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामा उम्मेदवार बनेको भन्दै यस अघि नै उजुरी परेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ३९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज