२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

स्वतन्त्र भनिएका डा.निकोलसको पनि मनोनयन खारेज, एमाले उपाध्यक्ष पौडेललाई बन्यो चुनाव सहज



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धाका लागि सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गुरुङको मनोनयन खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनी विरुद्धको उजुरीको छानवीन पछि उम्मेदवारी खारेज गरेको हो ।

निर्वाचन ऐन को दफा १३ (ज) र प्रतिनिधि तथा प्रदेशससभा निर्वाचन निर्देशिकाको दफा १६(ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले गुरुङसँगै सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारका लागि मनोनयन दर्ता गरेका कमल भुसाल (डा.निकोलस) र हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको जनाएको छ ।

आयोगले राती प्रकाशन गरेको सूचनामा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को (ङ) बमोजिम उम्मेदवार हुन योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ५७ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक