२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

लमजुङमा दशैँमा १ सय ९४ वटा सवारी कारबाहीमा



लमजुङ । नेपालीहरुको महान चाड दशैँको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन् । फुलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन् ।

सवारी कारबाहीबाट १ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ । उक्त अवधीमा १९ वटा ट्रक/टिपर कारबाहीबाट ११ हजार ५०० रुपियाँ, ७ वटा बस कारबाहीबाट ४ हजार, ५० वटा कारजिप कारबाहीबाट ३१ हजार राजस्व संकलन भएको छ ।

९ वटा ट्याक्टर कारबाहीबाट ६ हजार, ९६ वटा मोटरसाइकल कारबाहीबाट ६४ हजार ५०० रुपियाँ, १३ वटा अन्य सवारी कारबाहीबाट ७ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार असोज १६ गते फुलपातीको दिन २५ वटा सवारी कारबाहीमा परेको छ । १६ हजार राजस्व संकलन भएको छ । असोज १७ गते २० वटा सवारी कारबाहीबाट १२ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ । असोज १८ गते २७ वटा सवारी कारबाहीबाट १८ हजार, असोज १९ गते २५ वटा सवारी कारबाहीबाट १७ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

असोज २० गते २९ वटा सवारी कारबाहीबाट १८ हजार ५००, असोज २१ गते २४ सवारी कारबाहीबाट १६ हजार ५००, असोज २२ गते २१ सवारी कारबाहीबाट १२ हजार रुपियाँ, असोज २३ गते २३ वटा सवारी कारबाहीबाट १३ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : २० बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक