२३ बैशाख २०८३, बुधबार | May 7, 2026

नेताहरुको कमजोरीले रुपन्देही २ को मैदान खाली हुन पुग्यो : कांग्रेस नेता युवराज गिरी



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको मनोनयन खारेज भएपछि २०७४ सालमा एमाले नेता विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका कांग्रेस नेता युवराज गिरीले नेताहरुको अकर्मन्यताका कारण मैदान खाली गर्नु परेको बताएका छन् ।

खबरकुरासँग कुरा गर्दै गिरीले आफुले उम्मेदवारी खारेजी हुन सक्ने विषयमा पटक पटक भनेपनि नेताहरुले बेवास्ता गरेका कारण गठबन्धनले मैदान खाली गर्नु परेको बताए । उनले सजिलै चुनाव जित्न सकिनेबेलामा गलत निर्णय भएको भन्दै नेताहरुकै कारण विष्णु पौडेको एकछत्र राज हुने पक्का भएको बताए । ‘मैले यस पटक स्योर जित्छु, राजुलाई प्रदेशमा बस्न भनौ भन्ने प्रस्ताव गरेको थिएं ।’ उनले भने, – ‘राजु भाईपनि मानेन्, नेताहरुले पनि सुनेनन् ।’

केन्द्रका नेताहरुकै कारण विष्णु पौडेललाई मैदान खाली गरिएको टिप्पणी गर्दै पौडेल चुनाव लड्न डराईरहेको अवस्थामा सहज बनाउने काम भएको बताए ।

गिरीले सर्वोच्च अदालत जानुको कुनै अर्थ नरहेको पनि बताए । सर्वोच्चले हेर्ने पनि निर्वाचन कानुन नै भएको र कानुन अनुसार पुनस्र्थापना हुन सक्ने सम्भावना आफुले नदेखेको गिरीले बताए ।

निर्वाचन कार्यालयले गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता राजु गुरुरुङ विरुद्धको बैकिङ कसुरको उजुरीको छानवीन गर्दै उम्मेदवारी खारेज गरेको थियो । गुरूङ आँफै अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैंया नतिरेको भन्दै अदालतमा २०७६ सालमा बैंकिङ कसुर सम्बन्धी उजुरीमा अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नर्थ वेष्ट नेपाल इन्फा प्रालिलाई कालो सूचीमा राख्न सकिने गरि फैसला गरेको थियो ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : २४ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा