९ पुस २०८२, बुधबार | December 24, 2025

बाँकेमा जिप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन ।

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो ।

काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो ।

घाइते भएका मध्ये बीरेन्द्रनगर नगरपालिका ७ का २२ बर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १ : ०५ बजे

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),

निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर