१२ असार २०८३, शुक्रबार | June 26, 2026

खर्च विवरण नबुझाउने स्थानीयतहका उम्मेदवारबाट आयोगले उठायो ३ करोड ७२ लाख जरिवाना



काठमाडौं । निर्वाचन आयोग प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकै क्रममा जरिवानामा परेका १०२ जनाबाट ३ करोड ७२ लाख लाख ५० हजार जरिवाना असुली गर्न सफल भएको छ । स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार भएका तर समयमा खर्च विवरण नबुझाई प्रतिनिधि र प्रदेशसभामा पुनः उम्मेदवार बन्न पुगेकाहरुबाट आयोगले सो जरिवाना असुली गरेको हो ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका र फेरि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि पुनः उम्मेदवार भएका उनीहरुले आयोगको केन्द्रीय कार्यालयको खातामा ३ करोड १७ लाख रुपैयाँ जरिवाना बुझाएका छन् भने जिल्ला निर्वाचन कार्यालयहरूको संकेत नम्बरमार्फत ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुली भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा ८२ जना र जिल्ला निर्वाचन कार्यालयमार्फत २० जनाले जरिवाना रकम बुझाएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र खर्च विवरण बुझाउन उम्मेदवारहरूलाई समय दिएको थियो । तर आयोगले दिएको समयमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई स्पष्टिकरण सोधेर जरिवाना तोकिएको थियो । सो जरिवाना नबुझाउने उम्मेदवारलाई ६ बर्षसम्म हुने कुनैपनि निर्वाचनमा सहभागी हुन नसक्ने गरी कालोसूचीमा राख्ने आयोगले बताएको छ ।

आयोगले आगामी फागुनसम्म जरिवाना रकम तिर्ने समय दिएको छ भने सो अवधिमा पनि जरिवाना नतिर्ने जनप्रतिनिधिको पद खारेज गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : १९ बजे

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण