४ आश्विन २०८३, आइतबार | September 20, 2026

बेष्ट्रन क्रिकेट एकेडेमी र बिएमडब्ल्यु बिच सम्झौता



बुटवल । बेष्ट्रन क्रिकेट एकेडेमी र बिएमडब्ल्यु एजुकेसन कन्सल्टेन्सी बिच सहकार्य गर्ने सम्झौता भएको छ । एक समारोहका बिच विहिबार बुटवलमा एकेडेमीका अध्यक्ष भुवन पाण्डे र कन्सेन्टेल्सीको डाईरेक्टर विष्णु सापकोटाका बिच सम्झौता गरिएको हो ।

कार्यक्रममा कन्सेन्टेल्सीको डाईरेक्टर विष्णु सापकोटाले क्रिकेट खेलको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान गराउन सफल भएको भन्दै यसको विकासमा योगदान दिने रुपमा अग्रसर रहेको बताए ।

खेलाडीहरुलाई प्लेटफर्म दिने गरि अन्य खेलकुद गतिविधिहरुमा समेत सहकार्यमा आफू तयार रहेको उनले बताए । नेपालमा मात्र नभई अष्ट्रेलिया मेलबर्नमा समेत खेल सहकार्य गरि प्रतियोगिता गर्ने उनले बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष भुवन पाण्डेले ब्यक्तिगत रुपमा लगानी गरेर क्रिकेट विकासमा लागेको भन्दै खेलप्रेमीहरुको सहयोग निरन्तरता आवश्यक रहेको बताए । यस्तो सहयोगबाट खेलाडीहरुलाई थप हौसला प्रदान भएको उनले बताए ।

हाल एकेडेमीमा विभिन्न उमेर समुहका बिहान र साझ गरि ४ जना अन्तराष्ट्रिय, १० जना राष्ट्रियसहित ९० जना खेलाडीहरु प्रशिक्षण लिईरहेका छन । यसैगरि महिला तथा राष्ट्रिय खेलाडीहरुलाई निशुल्क सहकार्य गरिएको उनले बताए ।

कार्यक्रममा कन्सल्टेन्सी बुटवलका ब्यवस्थापक विशाल आचार्यले अष्ट्रेलिया, अमेरिका, क्यानडा अध्ययनका लागि आवश्यक सहयोग गर्दै आएको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ०४ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल