बुटवल । बेष्ट्रन क्रिकेट एकेडेमी र बिएमडब्ल्यु एजुकेसन कन्सल्टेन्सी बिच सहकार्य गर्ने सम्झौता भएको छ । एक समारोहका बिच विहिबार बुटवलमा एकेडेमीका अध्यक्ष भुवन पाण्डे र कन्सेन्टेल्सीको डाईरेक्टर विष्णु सापकोटाका बिच सम्झौता गरिएको हो ।
कार्यक्रममा कन्सेन्टेल्सीको डाईरेक्टर विष्णु सापकोटाले क्रिकेट खेलको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान गराउन सफल भएको भन्दै यसको विकासमा योगदान दिने रुपमा अग्रसर रहेको बताए ।
खेलाडीहरुलाई प्लेटफर्म दिने गरि अन्य खेलकुद गतिविधिहरुमा समेत सहकार्यमा आफू तयार रहेको उनले बताए । नेपालमा मात्र नभई अष्ट्रेलिया मेलबर्नमा समेत खेल सहकार्य गरि प्रतियोगिता गर्ने उनले बताए ।
कार्यक्रममा एकेडेमीका अध्यक्ष भुवन पाण्डेले ब्यक्तिगत रुपमा लगानी गरेर क्रिकेट विकासमा लागेको भन्दै खेलप्रेमीहरुको सहयोग निरन्तरता आवश्यक रहेको बताए । यस्तो सहयोगबाट खेलाडीहरुलाई थप हौसला प्रदान भएको उनले बताए ।
हाल एकेडेमीमा विभिन्न उमेर समुहका बिहान र साझ गरि ४ जना अन्तराष्ट्रिय, १० जना राष्ट्रियसहित ९० जना खेलाडीहरु प्रशिक्षण लिईरहेका छन । यसैगरि महिला तथा राष्ट्रिय खेलाडीहरुलाई निशुल्क सहकार्य गरिएको उनले बताए ।
कार्यक्रममा कन्सल्टेन्सी बुटवलका ब्यवस्थापक विशाल आचार्यले अष्ट्रेलिया, अमेरिका, क्यानडा अध्ययनका लागि आवश्यक सहयोग गर्दै आएको बताए ।



















प्रतिक्रिया