१६ माघ २०८२, शुक्रबार | January 30, 2026

लुम्बिनीले निशुल्क विजुली बस तिहार र छठसम्मै चलाउने



बुटवल । लुम्बिनी विकास कोषले सञ्चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ । लुम्बिनी विकास कोषको विहिबार बसेको सचिवालय बैठकले निशुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो ।

दशैंको अवधीमा निशुल्क विजुली बसप्रती आर्कषण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले जानकारी दिए । दशैंको अवसर पारेर असोज १३ गतेबाट निशुल्क रुपमा बौद्ध परिपथ क्षेत्रमा निशुल्क बिजुली बस सञ्चालन गरिएको थियो । बुधबार९मंगलबार० सम्म ९ हजार ७ सय १२ जनाले लुम्बिनीको धम्म यात्रामा सहभागि भई लुम्बिनी भ्रमण गरेको कोषका बोर्ड सदस्य तथा परिक्षण इकाई संयोजक बिश्वराज पौडेलले जानकारी दिए ।

लुम्बिनीबाट रामग्राम सम्मको रुटबाट १५ दिनमा २८ ट्रिप यात्रा मा १३९० जना, लुम्बिनी बुटवल रुटमा १० दिनमा ३८ ट्रिप यात्रामा ११२२ जना, लुम्बिनी देवदह रुटबाट १५ दिनमा २९ ट्रिप यात्रामा १३४० जना, लुम्बिनी बेलहिया रुटबाट ८८ ट्रिप यात्रामा ३४७९ जना, लुम्बिनी तिलौराकोट रुटबाट ५५ ट्रिप यात्रामा १३४८ जना, लुम्बिनी रामापुर कलोनी रुटबाट ५ दिनमा २४ ट्रिप यात्रामा १०३३ जनाले लुम्बिनी भ्रमण गरेका छन ।

उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रसासन कार्यलयको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरीबलबाट चालक र सहयोगी सहितको सहयोग कायम रहेको छ ।
पन्ध्रदिनको अवधिमा बिद्युतिय बस सञ्चालनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पु¥याउने पर्यटन व्यवसायी, नेपाली सेना प्रहरी तथा सरोकारवालाहरुप्रति कोषका कोषाध्यक्ष भटराईले आभार व्यक्त गरेका छन ।

लुम्बिनी विकास कोषले ५ वटा बस लुम्बिनी तिलौराकोट, लुम्बिनी देवदह, लुम्बिनी रामग्राम, लुम्बिनी बुटवल र लुम्बिनी सैनामैना क्षेत्रमा नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ३९ बजे

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८