३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

निर्वाचन आचारसंहिताको अनुगमन प्रहरी र राष्ट्रिय अनुसन्धानले गर्ने, उल्लङ्घन गरे ठाँउकाठाँउ कारबाही

निजी घर, सार्वजनिक स्थल र सडक पोलमा समेत प्रचार सामाग्री राख्न नपाईने



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने जिम्मा नेपाल प्रहरी र राष्ट्रय अनुसन्धानलाई दिने भएको छ ।

आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नु पर्ने भएको भन्दै उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सुक्ष्म रुपमा अध्ययन तथा निगरानी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको जनाएको छ ।

सबै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) लाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (२) मा सो दफाको उपदफा (१) को खण्ड (ज) विपरीत कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राखेमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही गर्ने जिम्मेवारी दिइएको आयोगले जारी विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिता तथा निर्वाचन (कसूर र सजाय) ऐन, २०७३ विपरीत त्यस्तो प्रचार सामग्री राखिएको, भित्ते लेखन गरिएको, तुल व्यानर टाँगिएको, डिजिटल डिस्प्ले गरिएको, पर्चा टाँसिएको अवस्थामा सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी चौबीस घण्टाभित्र त्यस्तो सामग्री हटाउन वा त्यस्तो स्थान दुरुस्त गर्न लगाउने र सो बमोजिम नगरेमा निजलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) वा (४) बमोजिम जरिबाना गर्ने तथा उम्मेदवारी रद्द गर्ने कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधी कारबाहीको लागि सिफारिससाथ आयोगमा लेखी पठाउन समेत निर्देशन दिइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : ०४ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा