२४ मंसिर २०८२, बुधबार | December 11, 2025

निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्छन् : प्रहरी महानिरीक्षक सिंह



काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउने बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरूलाई सुरक्षा चुनौतीको विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाउन समेत निर्देशन दिएका थिए ।

‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ–आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजवुत बनाउनोस्,’ उनले भने ।

निर्वाचनको सुरक्षा संवेदनशिल विषय भएकोले आपराधिक घटना रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार सर्च अपरेशन बढाई गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पूर्णरूपमा नियन्त्रण गर्न उनले निर्देशन दिए ।

काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडेलको रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि प्रहरी महानिरीक्षक सिंहले निर्देशन दिएका थिए ।

गुण्डा गर्दी लगायतका विभिन्न आपराधिक गतिविधिहरू प्रति प्रहरीले कठोर भई सबैलाई कानूनी दायरामा ल्याउनु पर्ने बताउँदै उनले संगठन र विभागिय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफूले लिने जनाए ।

प्रहरी कर्मचारीहरूले आर्थिक प्रलोभनमा परी गर्न सक्ने नाजायज कार्य क्षम्य नहुने र त्यसतालाई कठोर कारवाही गरिने उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ५१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल