१ असार २०८३, सोमबार | June 15, 2026

नगरपालिकामा स्तनपान कक्ष स्थापना



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पु¥याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। “यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको थियो”, नगरप्रमुख अधिकारीले भने, “स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहजता आउँछ ।” नगरपालिकामा सेवा लिन आउने आमाहरुले सार्वजनिक रुपमा आफ्ना बालबालीकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि नगरपालिकाले स्तनपान कक्ष निर्माण गरेको अधिकारीको भनाइ छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको स्तनपान कक्षले शिशुसहित सेवा लिन आमालाई सहज गराउने अधिकारीको भनाइ छ । नगरपालिकामा निर्माण गरिएको स्तनपान कक्षमा बिछ्यौनासहितको शय्या, शिशुलाई सुताउने झोलुङ्गो, आमाको हात सफा गर्नका लागि साबुनपानीलगायतको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ३१ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा