१२ असार २०८३, शुक्रबार | June 26, 2026

रूपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौं : विष्णु पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीमा भौतिकसँगै मानवीय विकास आफू केन्द्रित रहेको बताएका छन् ।

एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई शनिबार बिहान संवोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रूपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताए ।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका प्रभावशाली नेता पौडेलले जिल्लालाई भौतिक र मानवीय दुवै विकासले अग्रणी बनाउने बताए ।

रूपन्देही-२ मा चुनाव जित्न एमालेलाई कसैसँग प्रतिष्पर्धा नभएको बताउँदै सबैभन्दा धेरै मतान्तरले जित्ने दौडमा एमाले रहेको पौडेललको भनाइ छ । गएको निर्वाचनमा एमालेका उम्मेदवार सबै दोब्वर जस्तै मतान्तरले जितेको बताउँदै यो पटक त्यसलाई मतान्तरलाई अझै बढाउने गरी लाग्न कार्यकतालाई निर्देशन दिए ।

‘एमालेलाई जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहनछौ’ नेता पौडेलले भने । गएको पालिका निर्वाचनको मत परिणामप्रति लक्षित गर्दै पौडेलले भने, ‘सधै हिडिरहेको आगनमा पनि कहिलेकाही चिप्लिएर लडिन्छ । तर, पालिका चुनावको नतिजाले एमाले नेता/कार्यकतालाई पाठ सिकाएको छ । यो चुनाव २०७४ को प्रतिनिधिसभा/प्रदेशसभा मत परिणाम ब्रेक गर्ने गरी नेता/कार्यकता लाग्नुपर्छ ।’ रूपन्देही क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफूले सधै युवालाई प्राथामिकता दिएर अगाडि बढने बताए । ‘बुटवलमा अबको विकास भौतिकसँगै मानवीयको पनि हुनेछ । म सधै सामाजिक रुपान्तरण लाग्दै युवालाई प्राथामिकताका साथ अगाडि सार्ने मेरो सोच छ’ श्रेष्ठले भने ।

कार्यक्रममा एमाले वडा इन्चार्ज युवराज घिमिरेले पार्टीका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन सबै पार्टीका कार्यकताहरु मिहिन ढंगले जुटन सबैलाई आग्रह गरे । सो अवसरमा राष्ट्रिय जनमोर्चा छाडेर एमाले प्रवेश गरेका शिव खनाल र प्रदीप खनाललाई उपाध्यक्ष पौडेलले पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा बोल्दै शिव खनालले देशको बलियो नेतृत्व गर्ने पार्टी एमालेमात्र देखेर आफूले एमालेमा प्रवेश गरेको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १ : १२ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३