१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बाँकेमा तीन लाख ३२ हजार दुई सय ३१ मतदाता



खजुरा । बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । कूल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताए ।

उनका अनुसार अन्य मतदाताको सङ्ख्या नौ रहेको छ । बाँके जिल्लामा प्रतिनिधिसभामा तीन वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा क्षेत्र छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् । प्रदेशसभा क्षेत्र नं १ (क) मा नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका एकदेखि ७ नं वडा पर्दछन् । प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा कोहलपुर नगरपालिका र राप्तीसोनारीका ८ र ९ नं वडा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख २१ हजार एकसय मतदाता छन् भने प्रदेश १ (क) मा ५५ हजार आठ सय ४५ र प्रदेश १ (ख) मा ६५ हजार दुई सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका २१ वडा (वडा नं १६ र १७ बाहेक) पर्दछन् । यसैगरी प्रदेशसभा क्षेत्र नं २ (क) मा डुडुवा गाउँपालिका र नेपालगञ्जका वडा नं १३, १८, १९, २०, २१, २२ र २३ पर्दछन् ।

प्रदेशसभा २ (ख) मा नेपालगञ्जका १ देखि १२ तथा १४ र १५ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं २ मा ९७ हजार आठ सय ९ मतदाता छन् । प्रदेश २(क) मा ५० हजार तीन सय १३ र २ (ख) मा ४७ हजार चार सय ९६ मतदाता रहेका निर्वाचन कार्यालय प्रमुख पन्तले बताए । प्रतिनिधिसभा क्षेत्र नं ३ मा बैजनाथ, खजुरा र जानकी गाउँपालिका पर्दछन् । प्रदेशसभा ३ (क) मा बैजनाथ गाउँपालिका र खजुराका ५, ६, ७ र ८ नं वडा समेटिएका छन् ।

यस्तै ३ (ख) मा जानकी गाउँपालिका, खजुराका एकदेखि ४ नम्बर वडा र नेपालगञ्जका १६ र १७ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता छन् भने प्रदेश क्षेत्र नं ३(क) मा ६१ हजार पाँच सय ९६ र ३(ख) मा ५१ हजार सात सय २६ मतदाता छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ०९ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको