१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित



काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३-५–०-५ को सानदार जित दर्ज गरेको छ ।

शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे । दोश्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे ।

प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरियताका मुहमद सहाजेवलाई हार चखाए भने तेश्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे ।

तीन राउण्डको समाप्ति पश्चात आयोजक बंगलादेश ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी समान चारचार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहेका छन् ।

राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपको पहिलो चरणको समाप्ति पश्चात शिर्ष ३ टोली सुपर लिगमा प्रवेश गर्नेछन् । च्याम्पियनशीप अन्तर्गत नेपालले आइतबार श्रीलंकाको सामना गर्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : १४ बजे

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर