३ चैत्र २०८२, मंगलबार | March 17, 2026

जनतासँग प्रत्यक्ष जोडिएका योजना ल्याएर बुटवल क्षेत्रलाई नमूना बनाउछौ : भोजप्रसाद श्रेष्ठ



बुटवल । नेकपा एमाले रूपन्देही प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले जनतासँग प्रत्यक्ष जोडिएका योजना ल्याएर बुटवल क्षेत्रलाई नमूना बनाउने बताएका छन् । रूपन्देही–२ (२) का एमाले उम्मेदवार श्रेष्ठले यस अगाडि बुटवल नगरको नेतृत्व र सरकारमा रहँदा पनि दीर्घकालीन महत्वका काम गरेको बताउँदै जनताको आवश्यकताका आधारमा सन्तुलित र समानुपातिक विकासको मोडल तयार गरी बुटवलको समृद्धिको सारथि बनेर काम गर्ने आफ्नो योजना रहेको बताए ।
आइतबार बुटवलमा पत्रकारहरूसँगको छलफलमा निर्वतमान लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगार सृजना र गरिवी निवारण अहिलको आवश्यकता रहेको बताउँदै भौतिकसँगै सामाजिक विकासमा पूर्ण रूपमा ध्यान दिएर काम गर्ने उनको भनाइ थियो ।
‘प्रदेश सरकारको मन्त्री म ९९ दिन मात्र बने’ श्रेष्ठले भने, ‘त्यो बेला कोभिड–१९ को महामारीमा हामी अस्पतालमा अक्सिजनको दिगो व्यवस्थापन गरियो । विरामीलाई निःशुल्क रगत, अस्पताल विकास समितिलाई पूर्णता काम गरियो । ति सबै काम अहिले पूर्ण रूपमा लागू भएका छन’ उम्मेदवार श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार, औद्योगिक, पर्यटकीय क्षेत्र, कृषि उत्पादकत्वमा वृद्धि, शिक्षा, स्वास्थ्य तथा यूवाहरूको रोजगारी वृद्धिको लागि एमाले नेतृत्व केन्द्रित त्यसैमा मेरो ध्यान छ ।’
यस क्षेत्रमा भौतिकसँगै मानवीय विकास पनि आवश्यक रहेको नेता श्रेष्ठको भनाइ छ । ‘प्रदेश भनेको योजना कार्यान्वन गर्ने थलो रहेको हो’ श्रेष्ठले भने, ‘संघीयतालाई बलियो बनाउँदै भ्रष्टचारमुक्त प्रदेश, ‘एन्टी क्रप्सन मुभमेन्ट’ तर्फ हामी अगाडि बढनुपर्छ ।’ बुटवल आर्थिक राजधानी भएकोले यसलाई बलियो बनाउतर्फ सबैको ध्यान जान आवश्यक रहेको श्रेष्ठले बताए ।
एमालेलाई हराउन गठबन्धन गरिएको भन्दै उनले गठबन्धनभन्दा एमाले बलियो रहेको श्रेष्ठको दावी छ । ‘गठबन्धनले अनेक भ्रम फैलाएर मतदाता प्रभावित पार्न खोज्दैछ । जनताको अभिमत एमालेतर्फ छ । एमालेले विजय हाँसिल गर्छ ।’ प्रदेश उपाध्यक्ष समेत रहेको उम्मेदवार श्रेष्ठले भने । प्रदेशसभाको विधान समितिले बसेर प्रदेशले बनाएका कानून निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाएको अनुभव छ ।
बुटवलका कर्णेल उजिरसिंह अटो भिलेज, मणिमुकुन्द सेन उद्यान (फूलबारी) स्थापना, तत्कालिन ज्योतिनगर पहिरोको रोकथाप र प्रभावितलाई उचित व्यवस्थापनको काम पनि आफ्नो पालामा भएको श्रेष्ठको भनाइ थियो ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : २७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड