५ पुस २०८२, शनिबार | December 20, 2025

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ अधिवेशनः तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ



बेइजिङ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २० औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको छ ।

६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुनेछ । सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरिएको थियो ।

हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन् । महासचिवका रूपमा उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख हुन् भने राष्ट्रपतिको रूपमा उनी राष्ट्रप्रमुख हुन् । त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र फौजको नेतृत्व गर्छन् । उनलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ ।

सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकंग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बिबिसीले जनाएको छ ।
आइतबारदेखि जारी महाअधिवेशनमा करिब २३ सय प्रतिनिधिमण्डल ताइनामेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा एक सातासम्मका लागि भेला भएका छन् ।
उनीहरूमध्ये २०५ जनालाई पार्टीको स्थायी समितिमा छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्यमा छनोट हुनेछन् । केन्द्रीय समितिले २५ जनालाई पार्टीको पोलिटब्युरोमा निर्वाचित गर्नेछन् । पोलिटब्युुरोले स्थायी समितिका सदस्य नियुक्त गर्नेछ । स्थायी समितिमा अहिले पार्टी महासचिव सी जिनपिङसहित सातजना सदस्य छन् । उनीहरू सबै पुरुष हुन् । सबै कार्य पार्टी अधिवेशनमा हुँदैन । महाधिवेशन सकिएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्नेछ ।

तेस्रो पाँचवर्षे कार्यकालको नेतृत्व लिएमा सीले चीनलाई अझै बढी अधिनाकबादी शासन लाद्ने सम्भावना छ ।

लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (एसओएसएस)का प्राध्यापक स्टिभ साङ भन्छन्, ‘माओको नेतृत्वमा चीन एउटा अधिनाकबादी शासन थियो । हामीहरू अझै पनि त्यहाँ छैनौँ, तर त्यो दिशातर्फ उन्मुख छौँ ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ५९ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन