९ पुस २०८२, बुधबार | December 24, 2025

एमाले बाँके क्षेत्र नं. ३ ख को सम्पर्क कार्यालय जानकीमा



नेपालगन्ज । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार प्रसारको लागि नेकपा एमालेले आज बाँके क्षेत्र नंं ३ प्रदेश (ख) को सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जानकी गाउँपालिका-४ खजुराखुर्दमा एक समारोहका बीच नेकपा एमाले बाँकेका अध्यक्ष एवम् बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति र क्षेत्र नं. ३ प्रदेश (ख) का उम्मेदवार भीम वलीले उद्घाटन गरेका हुन ।

क्षेत्र नं. ३ प्रदेश (क) को बैजनाथमा र क्षेत्र नं. ३ को सम्पर्क कार्यालय खजुरामा स्थापना गरेर चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाईने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

कार्यालय स्थापना समारोहमा एमाले प्रदेश कमिटी सदस्य एकमाया बि.क., जिल्ला उपाध्यक्ष डिल्ली बिसी, जानकी गाउँपालिका इन्चार्ज किशोर थापा, गाउँपालिका कमिटी अध्यक्ष बिश्रामकुमार बर्मा लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रदेश तथा क्षेत्रस्तरीय सम्पर्क कार्यालय स्थापना लगत्तै क्षेत्रभरी वडास्तरमा नेकपा एमाले र राप्रपाको संयुक्त निर्वाचन परिचालन कमिटी गठन हुने एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले बताए ।

नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश (क) मा पार्टी सचिव रत्न खत्री र प्रदेश (ख) मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बनेका छन ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ४९ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार