३० पुस २०८२, बुधबार | January 14, 2026

भैरहवाको बाल सुधारगृहबाट ५ जना किशोर भागे



भैरहवा । भैरहवास्थित बाल सुधार गृहबाट गएराति पाँच जना बालक फरार भएका छन् । विभिन्न घटनामा सम्लग्न भएको आरोप प्रमाणित भई भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरु राती करिब ३ बजे फरार भएको बालसुधार गृहले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएको जानकारी अनुसार भागेका मध्य नवलपरासीका ३ जना रूपन्देहीका र कपिलवस्तुका एकरएक जना रहेको बाल सुधार गृहले जनाएको छ ।

सुधार गृह स्रोतका अनुसार गएराति भान्सा गृहमा पस्नेतर्फको झ्यालको डण्डी काटी उनीहरू भागेका थिए । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना बालकहरू बस्दै आएका छन् ।

करिब ५ वर्षअघि निर्माण भएको भैरहवास्थित उक्त बाल सुधार गृहको सुरक्षाको लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ ।

भागेकाहरूको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको प्रहरीले जनाएको छ । बाल सुधार गृह स्रोतका अनुसार भागेकाहरूमध्ये ३ जना जबरजस्ती करणी मुद्दा एक जना चोरी मुद्दा र एक जना लागुऔषध मुद्दामा प्रमाणित भई सुधारका लागि त्यहाँ राखिएका थिए ।

यसअघि बाल सुधार गृहमा रहेका बालकहरू सुधार गृहको क्षमताभन्दा धेरै भएपछि नेपालगन्ज, दाङ र नवलपुर स्थानान्तरण गर्न खोज्दा आक्रोशित भई तोडफोडमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर साम्य पारेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ३४ बजे

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका

उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान स्थगित

भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध

लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु