२४ मंसिर २०८२, बुधबार | December 11, 2025

रातभरी सँगै बसेको हो, बलात्कार गरेको होईन : सन्दीप लामिछाने



काठमाडौं । बलात्कार आरोपी नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले पीडित भनिएकी किशोरीसँग रातभरी सँगै बसेपनि बलात्कार नगरेको बयान दिएका छन् । सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष बयान दिँदै लामिछानेले बलात्कार नगरेको बयान दिएका हुन् । उनलाई सरकारी वकिलको रोहबरमा प्रहरी वृत्त, गौशालाले बयान लिएको थियो ।

पीडित किशोरीले आरोपपत्रमा उल्लेख गरे अनुसार नै घुम्न गएको र सँगै बसेको भने स्विकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ । भाद्र ५ गते किशोरीसँग घुम्न गएको र होटलको कोठामा सँगै बसेको सबै स्विकार गरेपनि बलातकार गरेको सम्बन्धमा भने इन्कार गरेको स्रोतको भनाई छ ।

घुम्न र होटलमा बस्ने प्रस्ताव भने जाहेरिवाला किशोरीले गरेको प्रहरी समक्ष सन्दीपले बताएका थिए । आफुले होस्टेलमा पु¥याईदिने भन्दा पनि होस्टेलको ढोका नखुल्ने भन्दै होटलमा बस्ने पीडित भनिएकी किशोरीले प्रस्ताव गरेकी बयानमा उल्लेख गरिएको छ ।

किशोरीले भाद्र ५ गतेकै राती होटलको कोठा नम्बर ३०५ मा पटक पटक बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दर्ता गराएकी थिइन् । पीडितले जाहेरी दिएलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको थियो । उनले भनेको स्थानमा दुवैजना गएको पुष्टी भएपछि प्रहरीले जाहेरी दर्ता गराएर अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : ५५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल