२२ माघ २०८२, बिहिबार | February 5, 2026

रातभरी सँगै बसेको हो, बलात्कार गरेको होईन : सन्दीप लामिछाने



काठमाडौं । बलात्कार आरोपी नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले पीडित भनिएकी किशोरीसँग रातभरी सँगै बसेपनि बलात्कार नगरेको बयान दिएका छन् । सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष बयान दिँदै लामिछानेले बलात्कार नगरेको बयान दिएका हुन् । उनलाई सरकारी वकिलको रोहबरमा प्रहरी वृत्त, गौशालाले बयान लिएको थियो ।

पीडित किशोरीले आरोपपत्रमा उल्लेख गरे अनुसार नै घुम्न गएको र सँगै बसेको भने स्विकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ । भाद्र ५ गते किशोरीसँग घुम्न गएको र होटलको कोठामा सँगै बसेको सबै स्विकार गरेपनि बलातकार गरेको सम्बन्धमा भने इन्कार गरेको स्रोतको भनाई छ ।

घुम्न र होटलमा बस्ने प्रस्ताव भने जाहेरिवाला किशोरीले गरेको प्रहरी समक्ष सन्दीपले बताएका थिए । आफुले होस्टेलमा पु¥याईदिने भन्दा पनि होस्टेलको ढोका नखुल्ने भन्दै होटलमा बस्ने पीडित भनिएकी किशोरीले प्रस्ताव गरेकी बयानमा उल्लेख गरिएको छ ।

किशोरीले भाद्र ५ गतेकै राती होटलको कोठा नम्बर ३०५ मा पटक पटक बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दर्ता गराएकी थिइन् । पीडितले जाहेरी दिएलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको थियो । उनले भनेको स्थानमा दुवैजना गएको पुष्टी भएपछि प्रहरीले जाहेरी दर्ता गराएर अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : ५५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद