५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नवौँ राष्ट्रिय खेलकुद : लङजम्पमा जयरानीलाई स्वर्ण पदक 



काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् ।

मंगलबार नै व्यक्तिगत उत्कृष्ट नतिजा निकालेकी निशाले ५.४९ मिटरसहित रजत पदक जितिन् । यसअघि कीर्तिमान बनाएकी निशाले त्योभन्दा उत्कृष्ट नतिजा निकाले पनि स्वर्ण जित्न सकिनन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी शिला चौधरीले ५.३१ मिटरसहित कास्य पदक जितेकी छन् ।

जयरानीको जारी नवौं राष्ट्रिय खेलकुदको ट्र्याक एन्ड फिल्डमा यो तेस्रो स्वर्ण पदक हो । यसअघि सोमबार बिहान उनले महिला १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । आइतबार बिहान जयरानीले महलिा ४०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ३८ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको