३ भदौ २०८३, बुधबार | August 19, 2026

नवौँ राष्ट्रिय खेलकुद : लङजम्पमा जयरानीलाई स्वर्ण पदक 



काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् ।

मंगलबार नै व्यक्तिगत उत्कृष्ट नतिजा निकालेकी निशाले ५.४९ मिटरसहित रजत पदक जितिन् । यसअघि कीर्तिमान बनाएकी निशाले त्योभन्दा उत्कृष्ट नतिजा निकाले पनि स्वर्ण जित्न सकिनन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी शिला चौधरीले ५.३१ मिटरसहित कास्य पदक जितेकी छन् ।

जयरानीको जारी नवौं राष्ट्रिय खेलकुदको ट्र्याक एन्ड फिल्डमा यो तेस्रो स्वर्ण पदक हो । यसअघि सोमबार बिहान उनले महिला १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । आइतबार बिहान जयरानीले महलिा ४०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ३८ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार