२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बैतडी सुर्नयाकी १७ वर्षीया बालिका ४० दिनदेखि बेपत्ता



बैतडी । बैतडीको सुर्नया गाउँपालिका-४ की १७ वर्षीया सिर्जना लोहार ४० दिनदेखी बेपत्ता भएकी छन् । गत २३ भदौमा गौरा पर्वबाट हराएकी लोहार अझै फेला नपरेको उनका बुवा बिरा लोहारले बताए ।

छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरे पनि अझै पत्ता नलागेको उनको गुनासो छ । रातिको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरे पनि नभेटिएको उनकी आमा जानकी लोहारले बताइन् ।

छोरी हराएकै मितिदेखि एकजना गाउँले युवकसमेत गाउँमा नभएकाले दुवैजना भागेको आशंका गरिएको छ । तर सिर्जनाका बाबु बिरा उनीहरूबीच प्रेम रहे नरहेको आफूलाई केही थाहा नभएको बताउँछन् । बालिका हराएको विषयमा प्रहरीमा जानकारी आएकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ५६ बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज