१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

माओवादी केन्द्र बुटवल नगरकमिटी सदस्य सहित २ जना एमाले प्रवेश



बुटवल । नेकपा माओवादी केन्द्र बुटवल नगर कमिटी सदस्य विष्णु सिंह ठकुरी सहित दुइ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नगर सदस्य सिंह र बुटवल २ का वडा कमिटी सचिव इतेन्द्र कुमार बज्राचार्यले लामो समयदेखि श्रमजिवी सर्वहारा वर्गको मुक्ति, आर्थिक समृद्धि र रुपान्तरणका लागि बाम आन्दोलनको एउटा धार नेकपा (माओवादी केन्द्र) मा आवद्ध रहेकोमा उक्त पार्टीले लिएका लक्ष्य र उद्देश्य पुरा गर्न नसक्ने ठहर गरी माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् ।

पछिल्ला दिनमा माओवादी केन्द्रले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी शक्तिहरुसँग साँठगाठ गर्दै सिंगो कम्युनिष्ट आन्दोलनकै विर्सजन गर्ने खलनायकको भुमिका निर्वाह गरेका कारण उक्त पार्टीमा रहिरहन आफ्नो स्वाभिमानले नदिएको उनीहरुले बताएका छन् ।

साथै विज्ञप्तिमा मुलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा कवच नेकपा ९एमाले० मात्र रहेको ठहर गर्दै नेकपा ९एमाले० मा प्रवेश गर्ने निर्णय गरेको उल्लेख छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ०४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा