२३ बैशाख २०८३, बुधबार | May 7, 2026

एमाले अध्यक्ष ओलीले भने- देउवासँग लाइभ डिबेटमा आउन तयार छु



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाभभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।
म त यसका लागि तयार छु, देउवाजी नि !’

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ०९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा