९ पुस २०८२, बुधबार | December 24, 2025

मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यन्वयन नभएकोमा एकतासमाजको विरोध



बुटवल । अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरुलाई सम्बन्धित देशबाटै मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यन्वयन नगरेकोमा विरोध जनाएको छ ।

संगठनले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समय सम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यन्वयन नभएको पर्ति आपत्ती जनाएको हो ।

एकता समाजले भारतीय सीमा क्षेत्रमा हुने लुटपाट तथा अपमान जनक ब्यवहारमा पर्ने नेपालीहरुका लागि काम गरिररहेको समेत जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एकता समाजका अध्यक्ष देव बहादुर लामिछानेले भारतमा रहेका नेपालीहरुको सुरक्षा अवस्था दयानीय रहेको बताए । ‘नेपालीहरुले कमाएको धन सम्पातिको सुरक्षा हुन नसक्दा नेपालीहरु पीडित छन । त्यसका लागि सरकारले राज्य स्तरबाटै उचित कदम चाल्नु पर्ने आवश्यकता छ ।’, उनले भने ।

भारतमा काम गर्ने मजदुरहरुका लागि सहज बैँकिङ सुविधा नहुँदा हुन्डीको मारमा पर्ने गरेको उनले बताए । एकता समाजले भारतमा काम गर्ने मजदुरहरु, विरामी भई उपचार गर्न जानेहरू र अध्यानका लागि भारत गएका विद्यार्थीहरुलाई लक्षित गरी सहज बैँकिङ कारोवारका लागि राज्य स्तरबाट पहल कदमी लिन माग गरेको छ ।

एकता समाजले भारतद्धरा अतिक्रमण गरेको भूमि फिर्ताका लागि ठोस रुपमा कुटनीतिक पहल लिन सरकारसँग माग समेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै समाजका महासचिव महेन्द्र बस्यालले भारतले निरन्तर नेपाली भूमिको अतिक्रमण गरिरहेको भन्दै त्यसमा सरकारले कुटनीतिक तवरले समस्याको समाधान खोज्नु पर्नेमा त्यसो गर्न नसकेको बताए ।

नेपालमा हालसालै निर्माण सम्पन्न भएका गौतम बुद्ध विमान स्थल तथा पोखरा विमान स्थलमा भारतबाट सीधा उडानको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । भारतबाट सीधा उडान भएमा दुवै देशका जनतालाई परस्पर लाभ हुने र नेपालको पर्यटनमा सहयोग पुग्ने समाजले विश्वास लिएको छ ।

राष्ट्रिय जनमोर्चा समेत समेल भएको पाँच दलीय गठबन्धनको सरकारले गरेका राष्ट्रघाती कामहरु एमसीसी संझौता, र नगरिकता विधेयकलगायतलाई खारेज गर्नु पर्नेमा समाजको जोड छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : २७ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार