४ आश्विन २०८३, आइतबार | September 20, 2026

मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यन्वयन नभएकोमा एकतासमाजको विरोध



बुटवल । अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरुलाई सम्बन्धित देशबाटै मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यन्वयन नगरेकोमा विरोध जनाएको छ ।

संगठनले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समय सम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यन्वयन नभएको पर्ति आपत्ती जनाएको हो ।

एकता समाजले भारतीय सीमा क्षेत्रमा हुने लुटपाट तथा अपमान जनक ब्यवहारमा पर्ने नेपालीहरुका लागि काम गरिररहेको समेत जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एकता समाजका अध्यक्ष देव बहादुर लामिछानेले भारतमा रहेका नेपालीहरुको सुरक्षा अवस्था दयानीय रहेको बताए । ‘नेपालीहरुले कमाएको धन सम्पातिको सुरक्षा हुन नसक्दा नेपालीहरु पीडित छन । त्यसका लागि सरकारले राज्य स्तरबाटै उचित कदम चाल्नु पर्ने आवश्यकता छ ।’, उनले भने ।

भारतमा काम गर्ने मजदुरहरुका लागि सहज बैँकिङ सुविधा नहुँदा हुन्डीको मारमा पर्ने गरेको उनले बताए । एकता समाजले भारतमा काम गर्ने मजदुरहरु, विरामी भई उपचार गर्न जानेहरू र अध्यानका लागि भारत गएका विद्यार्थीहरुलाई लक्षित गरी सहज बैँकिङ कारोवारका लागि राज्य स्तरबाट पहल कदमी लिन माग गरेको छ ।

एकता समाजले भारतद्धरा अतिक्रमण गरेको भूमि फिर्ताका लागि ठोस रुपमा कुटनीतिक पहल लिन सरकारसँग माग समेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै समाजका महासचिव महेन्द्र बस्यालले भारतले निरन्तर नेपाली भूमिको अतिक्रमण गरिरहेको भन्दै त्यसमा सरकारले कुटनीतिक तवरले समस्याको समाधान खोज्नु पर्नेमा त्यसो गर्न नसकेको बताए ।

नेपालमा हालसालै निर्माण सम्पन्न भएका गौतम बुद्ध विमान स्थल तथा पोखरा विमान स्थलमा भारतबाट सीधा उडानको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । भारतबाट सीधा उडान भएमा दुवै देशका जनतालाई परस्पर लाभ हुने र नेपालको पर्यटनमा सहयोग पुग्ने समाजले विश्वास लिएको छ ।

राष्ट्रिय जनमोर्चा समेत समेल भएको पाँच दलीय गठबन्धनको सरकारले गरेका राष्ट्रघाती कामहरु एमसीसी संझौता, र नगरिकता विधेयकलगायतलाई खारेज गर्नु पर्नेमा समाजको जोड छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : २७ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल