४ श्रावण २०८३, सोमबार | July 20, 2026

हरिवंश आचार्यका प्रिय पाँच चरित्र



काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा हरिवंश आचार्य चिनाइरहनुपर्ने नाम होइन । चाहे टेलिफिल्म होस्, या फिल्म अथवा टेलिभिजनमा आउने विज्ञापन नै किन नहोस्, हरिवंश जुनसुकै उमेर समूहका दर्शकमाझ रुचाइएका अभिनेता हुन् ।

अधिकांशले हरिवंशलाई उनले निभाएको ‘हरिबहादुर’ चरित्रले चिन्छन् । हरिवंशले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘महापुरुष’ यही कात्तिक ११ गतेबाट देशव्यापी रिलिज हुँदैछ । दर्शकका प्रिय हरिवंशलाई आफूले निर्वाह गरेको यी पाँच चरित्र मनपर्दोरहेछः–

अर्जुन (बलिदान)
यसमा मेरो छविभन्दा ठ्याक्कै उल्टो छवि छ । मेरो छवि भनेको हाँसोको छवि हो । यो फिल्ममा चाहिँ क्रान्तिकारीको भूमिका निभाएको छु । यसमा हाँसो भन्ने केही पनि छैन । त्यति गम्भीर विषयवस्तुमा मलाई उहाँहरुले काम गर्ने अवसर दिनुभयो । मैले काम गरें र त्यो काम मान्छेलाई मनपर्यो ।

साधुराम सुकुम्बासी (वनपाले)
साधुराम पनि नेगेटिभ चरित्र हो । त्यो चरित्र भिलेनको पनि एक्सट्रिम भिलेनको थियो । उसको बोली नै कर्कस आवाज युक्त थियो । मैले सम्झिने चरित्रमा यो पनि पर्छ ।

वडाअध्यक्ष (कान्तिपुर)
यसमा मैले वडाको सोझो अध्यक्षको भूमिका निर्वाह गरेको छु । वडाअध्यक्षसँग कति समस्या हुन्छ भन्ने कुरा देखाइएको छ । अरुको समस्या समाधान गर्न हिँड्ने मान्छे आफ्नो समस्यामा कसरी जेलिएको छ भन्ने प्रस्तुत गरिएको छ ।

हरिबहादुर (मदनबहादुर हरिबहादुर)
मलाई लाग्छ हरिबहादुर चरित्र मेरा लागि सर्वाधिक हिट चरित्र हो । जहिँकहीँ जाँदा होस् या कार्यक्रममा गएर बोल्नुपर्यो भने मलाई ‘हरिबहादुर’ भन्दै ठूलो स्वरले बोलाउँछन् । जुनसुकै उमेर समूहका दर्शकको प्रिय बनेको छ, हरिबहादुर ।

ध्रुबराम (लालपुर्जा)
ध्रुवरामले भूकम्पले आफ्नो घर भत्किएपछि आफ्नो जग्गा भएर पनि मोहीका कारणले त्यसलाई उपभोग गर्न पाउँदैन । जमिन भएर पनि केही फाइदा लिन नपाउने ध्रुवरामको चरित्रमा अभिनय गरेको छु ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : १० बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री