१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

हरिवंश आचार्यका प्रिय पाँच चरित्र



काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा हरिवंश आचार्य चिनाइरहनुपर्ने नाम होइन । चाहे टेलिफिल्म होस्, या फिल्म अथवा टेलिभिजनमा आउने विज्ञापन नै किन नहोस्, हरिवंश जुनसुकै उमेर समूहका दर्शकमाझ रुचाइएका अभिनेता हुन् ।

अधिकांशले हरिवंशलाई उनले निभाएको ‘हरिबहादुर’ चरित्रले चिन्छन् । हरिवंशले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘महापुरुष’ यही कात्तिक ११ गतेबाट देशव्यापी रिलिज हुँदैछ । दर्शकका प्रिय हरिवंशलाई आफूले निर्वाह गरेको यी पाँच चरित्र मनपर्दोरहेछः–

अर्जुन (बलिदान)
यसमा मेरो छविभन्दा ठ्याक्कै उल्टो छवि छ । मेरो छवि भनेको हाँसोको छवि हो । यो फिल्ममा चाहिँ क्रान्तिकारीको भूमिका निभाएको छु । यसमा हाँसो भन्ने केही पनि छैन । त्यति गम्भीर विषयवस्तुमा मलाई उहाँहरुले काम गर्ने अवसर दिनुभयो । मैले काम गरें र त्यो काम मान्छेलाई मनपर्यो ।

साधुराम सुकुम्बासी (वनपाले)
साधुराम पनि नेगेटिभ चरित्र हो । त्यो चरित्र भिलेनको पनि एक्सट्रिम भिलेनको थियो । उसको बोली नै कर्कस आवाज युक्त थियो । मैले सम्झिने चरित्रमा यो पनि पर्छ ।

वडाअध्यक्ष (कान्तिपुर)
यसमा मैले वडाको सोझो अध्यक्षको भूमिका निर्वाह गरेको छु । वडाअध्यक्षसँग कति समस्या हुन्छ भन्ने कुरा देखाइएको छ । अरुको समस्या समाधान गर्न हिँड्ने मान्छे आफ्नो समस्यामा कसरी जेलिएको छ भन्ने प्रस्तुत गरिएको छ ।

हरिबहादुर (मदनबहादुर हरिबहादुर)
मलाई लाग्छ हरिबहादुर चरित्र मेरा लागि सर्वाधिक हिट चरित्र हो । जहिँकहीँ जाँदा होस् या कार्यक्रममा गएर बोल्नुपर्यो भने मलाई ‘हरिबहादुर’ भन्दै ठूलो स्वरले बोलाउँछन् । जुनसुकै उमेर समूहका दर्शकको प्रिय बनेको छ, हरिबहादुर ।

ध्रुबराम (लालपुर्जा)
ध्रुवरामले भूकम्पले आफ्नो घर भत्किएपछि आफ्नो जग्गा भएर पनि मोहीका कारणले त्यसलाई उपभोग गर्न पाउँदैन । जमिन भएर पनि केही फाइदा लिन नपाउने ध्रुवरामको चरित्रमा अभिनय गरेको छु ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : १० बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी