काठमाडौं । एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो ।
संयाुक्त भेलालाई सम्बाधेन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताए ।
हिजो उनी अस्वस्थ भएको भन्दै ओली सहभागी हुने निर्वाचन कार्यक्रमहरु स्थगित गरिएको एमालेले जनाएको थियो ।
प्रतिक्रिया