४ आश्विन २०८३, आइतबार | September 20, 2026

जुम्लामा विपद्को बेला कालोबजारी : सामान पुरानो, मूल्य नयाँ



जुम्ला । विपद्को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् ।

कर्णाली राजमार्ग खुलेको छैन । जुम्ला बजारमा आएको समान पहिलेको मूल्यमा ल्याइएको हो । जुम्लाका व्यापारीले सामान पुरानो भए पनि मूल्य बढाएर बेच्नेगरेको स्थानीय ददि नेपालीले बताए । उनले भने, ुयसअघि खानेतेलको पेटी २२ सय थियो । कर्णाली राजमार्ग बन्द भएदेखि २६ सय देखी २८ सय लिन थालेका छन् ।ु

खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको उनको गुनासो छ । नेपालीका अनुसार पहिले ल्याएको सामानको एकाएक मूल्य बढाइको छ । यसको लागी सरोकारवाला निकाय मौन छन् । जुम्लाका व्यापारीले यतिवेला विपद्को नाममा कालोबजारी गर्दै आएका छन् ।

नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएको स्थानीय धनकृष्ण रावतले बताए । उनले भने, ुग्यासको पनि मूल्य एक्कासी बढेको छ । यसअघि २ दुई हजार दुई सय ५० रुपैयाँ थियो । अहिले न्यूनतम २८ सयदेखि ३ हजारसम्म लिने गरेका छन् ।ु डिजलको मूल्य पनि ३ सय लिटर पुगेको छ । खाने तेल, चिनी, चामल दाललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि जुम्लाका नागरिक मर्कामा परेका छन् ।

विपद्‍मा कालोबजारी गर्दासमेत नियमन गर्ने निकाय मौन छन् । ठूला डिलरले बढी मूल्य लिने गरेकाले साना तथा खुद्रा व्यापारीले महँगोमा सामान बेच्ने गरेको बताएका छन् ।

त्यस्तै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्नु पर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ५९ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल