१ असार २०८३, सोमबार | June 15, 2026

नवौँ राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायम



पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ ।

तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यसअघि नेपालगञ्जमा भएको आठौंमा १६ र विराटनगरमा भएको सातौं खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो ।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा गरी आर्मीले कूल २४ पदक हासिल गरेको हो ।

आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा पूर्णबहादुर मगर, ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा सुमन मस्राङ्गी मगर र ‘ब्ल्यू बेल्ट’तर्फ धनसिंह परियारले स्वर्ण दिलाए ।

भीमबहादुर तामाङले प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ पहिलो डान र ७६–८० किलो तौल समूहको एकल स्पाइरिङमा गरी दुई स्वर्ण जिते। ‘ब्ल्यू बेल्ट’तर्फ सुस्मिता श्रेष्ठ र ‘रेड बेल्ट’मा निकिता धिमालले स्वर्ण पदक हासिल गरिन्।

धिमालले एकल स्पाइरिङमा पनि आर्मीलाई स्वर्ण दिलाइन् । ५६–६० किलो तौल समूहको खेलमा एक न‍म्बर प्रदेशकी सजिना तामाङलाई पराजित गर्दै धिमालले स्वर्ण हात पारेकी हुन् ।

आर्मीकै कन्याम लिम्बूले ६५ किलोभन्दा माथिको तौल समूहको एकल स्पाइरिङमा जित निकाल्दै स्वर्ण जितिन् । पुरुषतर्फ ६६–७० किलो तौल समूहबाट लिलाधर बस्नेतले आर्मीलाई स्वर्ण दिलाए। पुरुष टिम प्याटर्नमा पनि आर्मीले स्वर्ण पायो ।

बुधबार भएको टिम स्पाइरिङमा पनि बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पार्‍यो । महिलातर्फको स्वर्ण भने बागमतीले जित्यो । आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले सातौं राष्ट्रिय खेलकुददेखि आफ्नो टिमले लगातार च्याम्पियन यात्रा जारी राखेको बताए ।

स्वर्ण पदक विजेता आर्मीका लीलाधर बस्नेतले राष्ट्रिय खेलकुदमा आफ्नो स्वर्ण संख्या चार पुर्‍याए। सातौंमा पहिलो स्वर्ण पाएका उनले आठौं खेलकुदमा दुई स्वर्ण पदक जितेका थिए । बस्नतेले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य रहेको सुनाए‍ ।

प्रतियोगितामा ६ स्वर्ण, तीन रजत र तीन कास्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कास्य पदक जित्यो । प्रदेश नम्बर १ ले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक हात पार्‍यो। लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कास्य पायो ।

सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पार्‍यो । नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेस प्रदेशले एउटा मात्र कास्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : ०१ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

गर्मीबढेसँगै सर्पदंशका बिरामी बढे

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा

राष्ट्रियसभा : चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव

काठमाडौं । राष्ट्रियसभामा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ