१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक



काठमाडौं । ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लाखेको गीत सार्वजनिक गरिएको छ ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल सुक्मित घिसिङले बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड(२०७८ मा फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड पाइसकेकी छिन् । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन ।

‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । सौरभ लामाको छायांकन र सन्देश शाहले भिडियो सम्पादन गरेका छन् ।

सम्राट बस्नेत निर्देशित मल्टिस्टारर फिल्ममा वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतको अभिनय छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १० : ११ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा