८ पुस २०८२, मंगलबार | December 23, 2025

गठबन्धनको उम्मेदवार जोसुकै भए पनि तरुण दलले जिताउँछ : तरुण अध्यक्ष विद्वान गुरुङ



नवलपरासी । तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठबन्धन उम्मेदवार जो सुकै भएपनि तरुण दलले जिताउने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति नवलपरासीले राखिएको चुनाव लक्षित तरुणसँग अन्तरक्रिया भेलामा बोल्दै गुरुङले गठबन्धन आजको अवश्यकता रहेकाले उम्मेदवार जो भएपनि तरुणले जिताउनु पर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले तरुण दल अध्यक्ष गुरुङसँग धेरै मत हुँदा हुँदै पनि काङ्ग्रेसले किन सिट पाएन ? चुनावमा तरुण दलको भूमिका के हो ? स्थानीय नेताको भूमिका कस्तो हुनुपर्छ ? लगायतको प्रश्न गरेका थिए ।

तरुण कार्यकताृबाट आएका प्रश्नको उत्तर दिँदै अध्यक्ष गुरुङले अहिलेको गठबन्धनको आवश्यकता र अपरिहार्यताका बारेमा प्रस्ट पारेका थिए । गठबन्धन गर्नुको कारण ओली प्रवृत्तिको अन्त्य गर्नु भएको उनले बताए ।

‘मलाई विश्वास छ यो जिल्लाको १ नम्बर क्षेत्रमा उद्योगी विनोद चौधरी एवं २ नम्बर क्षेत्रमा देवेन्द्र राज कडेललाई जिताउन तरुण दल छ । जिल्लामा पार्टीको लुम्बिनी प्रदेश र जिल्ला कमिटी अझैँ जिम्मेवार बनेर लाग्नेमा म विश्वस्त छु,’ उनले भने ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : १९ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र