४ पुस २०८२, शुक्रबार | December 19, 2025

ब्याज बढाएका बाणिज्य बैंकहरुलाई गृहमन्त्री खाँणले गरे ब्याज नबढाउन आग्रह



बुटवल । बाणिज्य बैंकहरुले धमाधम ब्याज बढाउने र राष्ट्र बेंकले बाणिज्य बैंकहरुले बढाएको ब्याजदरको संरक्षण गर्ने कार्यका अगाडि निरिह जस्तै बनेको संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले ब्याज बढाएका बाणिज्य बैंकहरुलाई ब्याजदर बढाउने कार्य रोक्न आग्रह गरेका छन् । राष्ट्र बैंककै संरक्षणमा देशैभरका बैंकहरुले १८ प्रतिशत सम्म ऋणको ब्याज बढाएको पर्सिपल्ट गृहमन्त्री खाँणले बेंकहरुलाई ब्याजदर नबढाउन आग्रह गरेका हुन् ।

चुनावी सभालाई समबाधेन गर्ने क्रममा खाँणले उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताए । उनले बैंकहरुले ब्याज बृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्रीले ऐन संशोधनको कुरा गरेपनि चुनाव अगाडि संशोधन गर्ने आधार भने देखाउन सकेनन् । ‘ब्याज बृद्धिले समग्र मुलुकको आर्थिक क्षेत्रमा असर गरिरहेको छ, यसतर्फ बैंक संचालकको ध्यान जान जरुरी छ’, उनले भने ।

निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान नसक्ने उल्लेख गर्दै उनले ब्याज बृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुने चेतावनी दिए । ‘हामी उद्योगी–व्यवसायी र सबै नेपालीहरुको आर्थिक अवस्था बेहाल भएको देख्न चाहँदैनौं’, उनले भने, ‘अहिलेको अवस्थामा हामी कसैसँग सम्झौता गर्दैनौं । यो अवस्थालाई सुधार गरेरै छाड्छौं ।’

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १० : १२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा