तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा गठबन्धन गरिएको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारे ।
पौडेलले भने, “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन ।”
यस क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार समेत रहेका पौडेलले दिगो रूपमा गठबन्धनलाई अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए । उनले गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उनले बताए ।
त्यसअवसरमा तनहुँ क्षेत्र नं १ प्रदेश (क) का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताए ।



















प्रतिक्रिया