२९ मंसिर २०८२, सोमबार | December 15, 2025

हुम्ला, जुम्ला, मुगु र कालिकोटमा प्राधिकरणको टोलीले सुरु गर्‍यो अध्ययन



काठमाडौं । असोज तेस्रो र अन्तिम साता कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले पु-याएको क्षतिको प्रारम्भिक अध्ययन कार्य सुरु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएको टोलीले अध्ययन सुरु गरेका हुन् ।

प्राधिकरणले कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालिकोट जिल्लाहरुमा भएको क्षति र नोक्सानीको प्रारम्भिक अध्ययनका लागि बरिष्ठ इञ्जनियरहरुको नेतृत्वमा चारवटा टोली परिचालन गरेको छ ।

हुम्लाका लागि स्ट्रक्चरल इञ्जिनयर देवराज पौडेल, जुम्लाका लागि जिओटेक इञ्जिनियर पवन बाबु बास्तोला, मुगुका लागि जिओटेक इञ्जिनियर हरिश पनेरु एवं कालिकोटका लागि जिओटेक इञ्जिनियर बिराश मल्लको नेतृत्वमा टोली परिचालन गरिएको हो ।

सबै टोलीले आफू खटिएका जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी क्षति भएको जिल्लाका सबै पालिकाका निजी घर, टहरा, सरकारी तथा गैरसरकारी निकायका भौतिक संरचनाको क्षति अनुमानसहित प्रारम्भिक अध्ययन गर्नेछ ।

टोलीले स्थानीय तहका जनप्रतिनिधिहरु र त्यहाँ कार्यरत प्राविधिकहरुसँग समन्वय गरेर क्षतिको विवरण लिनुका साथै पहिरोको प्रारम्भिक भौगोलिक अध्ययन गर्नेछन् । साथै, ती स्थानका समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाउने छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ५० बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर