२३ बैशाख २०८३, बुधबार | May 7, 2026

गठबन्धनमा शंका पैदा नहुने गरी मतदान गर्न कांग्रेस नेता कार्यकर्तालाई देउवाको आग्रह



पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सभापति देउवाले गठबन्धनको पक्षमा मत हाल्न कांग्रेस कार्यकर्तालाई आग्रह पनि गरेका छन्।

सत्ता गठबन्धनले शुक्रबार पोखरामा गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा शंका उपशंका उब्जिने गरी कुनै काम नगरी इमान्दारिताका साथ मतदान गर्न आग्रह गरेका हुन् । उनले गठबन्धन आजको आवश्यकता भएको पनि बताए । द्ेउवाले अहिले कुनै पार्टीको बहुमत आउन नसक्ने भएको जिकिर गर्दै पार्टीहरू मिल्नुपरेको बताए । फरक राजनीतिक दर्शन बोकेका माओवादी अध्यक्ष प्रचण्ड र आफूबीच सहमति भइसकेका कारण कार्यकर्ता पंक्ति बीच झन मिलन हुनुपर्ने उनको भनाइ थियो ।

देउवाले गठबन्धनलाई कायमै राख्दा सबैको पालो आउने विश्वास समेत दिलाए । उनले भने ‘गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ४६ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा