७ चैत्र २०८२, शनिबार | March 21, 2026

बैंकको ब्याजदर घटाइदिन गृहमन्त्रीसँग उद्योगी व्यवसायीको हारगुहार



भैरहवा । रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको तथा व्यवसायीलाई धरपक्कड गरिरहेको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँण चुनाव प्रचार प्रसारका क्रममा हिँडेका बेला उद्योगी व्यवसायीले बैंकको ब्याजदर घटाइदिन भन्दै माग गरेका हुन् । रुपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूको सञ्जाल रुपन्देहीले नेपाल राष्ट्र बैँक र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका थिए ।

भैरहवाको बुद्ध चोक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै उद्योगी ब्यापारीहरूले राष्ट्र बैँकको नीति खारेज गर, ब्यावसायिक एकता जिन्दावाद, बैँकको ज्यादती बन्द गर, निजी क्षेत्र प्रभावित हुने निर्देशिका लाद्न पाइँदैन, एकल बिन्दुमा ब्याजदर कायम गर्नुपर्नेलगायतका नाराबाजी गरेका थिए ।

संयुक्त संघर्ष समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलको हस्ताक्षरित विज्ञप्तिमा पुँजी विस्तार गरी उद्योग ब्यवसायलाई बचाइराख्न कोसिसरत उद्योगी ब्यवसायीहरू हालै नेपाल राष्ट्र बैँकद्वारा लागू गरिएको चालू पुँजी कर्जा निर्देशिका २०७९ को प्रभावले आन्दोलित बनेको उल्लेख छ ।

नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताललगायत ५० वटा उद्योग संस्थाले सरकारको गलत नीतिको विरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : ४७ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान