५ आश्विन २०८३, सोमबार | September 22, 2026

खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग



बारा । आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनाबी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनाबी प्रचारप्रसारका निम्ति सरकारले मन्त्रीलाई दिएको गाडीको नम्बरनै परिर्वतन गरि प्रयोग गरिएको पाईएको हो ।

मन्त्री चौधरीले रातोनिलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका हुन । बारा जिल्ला घर भएका मन्त्री चौधरी कोही हप्तादेखि बारामै छन ।

उनले चुनाबी प्रचारप्रसारका निम्ति समेत सरकारी गाडी प्रयोग गर्दै आएको एक स्थानिए राम एकबाल चौधरीले बताए । “मैले पहिले मन्त्री ज्युको यही गाडीमा सरकारी नम्बर देखेको थिए विगत तीन चार दिनबाट निजी नम्बर देखे”, चोधरीले भने, प्रहरी नै मन्त्रीसँग अघिपछि हुन्छ प्रशासन मौन छ, कसले कारबाही गर्ने खै ?’

निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

यसअगि स्थानीय तहको निर्वाचनमा समेत उनले आचारसंहिता उल्लंघन गर्दै चुनाबी प्रचारप्रसारका निम्ती सरकारी गाडीको दुरुपयोग गरेको पाईएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ३६ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न