१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

पूर्व राजनीतिक पदाधिकारीहरूले गर्न थाले सरकारी गाडी फिर्ता



काठमाडौं । सरकारले मितव्ययिता अपनाउने भनेर पूर्व राजनीतिक पदाधिकारीहरूको समेत गाडी फिर्ता गराउने निर्णय गरेसँगै प्रर्व राजनीतिक पदाधिकारीहरुले सुविधाको गाडी फिर्ता गर्न थालेका छन् ।

विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ । १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गरेको संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालले जानकारी दिए ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषगत समिति रहेका छन् । नेपालका अनुसार संयुक्त दुई वटा समितिको सभापतिमा समेत प्रतिनिधि सभा सदस्य नै थिए । उनीहरू सबैले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकले पनि गाडी फिर्ता गरेका छन् । कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने जेन जी प्रदर्शनका क्रममा जलेको थियो ।

गच भदौ २४ गते सिंहदरवारमा आगलागी हुँदा कांग्रेस र एमालेको संसदीय दलको कार्यालय समेत जलेकोमा एमाले र माओवादीका सचेतकहरुको गाडी सिंहदरवार बाहिर रहेको तर कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी सचिवालय परिसरमै रहेको बताइएको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ११ : ०५ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा