२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

चाडपर्व नजिकिएसँगै कुम्हाले समुदाय माटोको भाँडा बनाउन व्यस्त



सिराहा । छठ तथा दिपावली पर्व नजिकिएसँगै तराई मधेशका पण्डित (कुम्हाले) समुदायहरु माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सिरहासहित तराई मधेशका कुम्हाले कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् ।

सिरहाको धनगढीमाई नपा ७ कसहाका ४० वर्षीय अर्जुन पण्डितलाई अहिले माटोको भाँडा बनाउन भ्याई नभ्याई छ । तराईका सांकृतिक पर्व छठ तथा दिपावली नजिकिदै गर्दा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्यधिक भएकाले परिवारै भाँडो तथा पूजा सामग्री बनाउन व्यस्त भएका हुन ।

छठ तथा दिपावली पर्वमा नै सवैभन्दा बढी माटाका भाडाह विक्ने भएकाले अर्जुनका परिवारै यतिखेर माटोको भाँडा बनाउनमा व्यस्त छन । उनले भने, ‘दसैं बितेसँगै म, कान्छो छोरा रामवृक्ष, बुवा वैजनाथ, छोरा, श्रीमती विहान देखि वेलुका सम्म यसैमा लागेको हुन्छौं, अहिले कमाई हुने भएकाले अरुकाम थाती राखेर यसमा लागेका हौं । उनले थपे यही एक महिनाको अवधिमा सवै खर्च कटाय लाख रुपैयाँ सम्म बचत हुन्छ ।’

वर्षभरीमा सवैभन्दा बढी अहिले नै माटोको सामाग्री विक्री हुने भएकाले पनि उनीहरु बजारको मागअनुसार सामग्री निर्माणमा जुटेका हुन । धनढीमाई नपा ७ कसहाकै ३१ वर्षिय रामदुलार पण्डितलाई पनि अहिले उतिकै चटारो लागेको छ । उनी श्रीमती, आमासहित बिहानै देखि माटो भिजाउने, मुछ्ने देखि माटाका सामग्री बनाउन मै व्यत हुन्छन् ।

अहिले कै कमाइले वर्ष भरि पुग्ने भएकाले पनि यो समुदाय दिन रात नभनी काममा लाग्ने गरेको रामदुलारले बताए । उनले भने, ‘अहिले नै रामो विक्री हुने हो, अरुवेला त्यति चल्दैन । उनले थपे‘ यो काममा साना देखि ठूला सबैको काम हुन्छ । माटो ल्याउने, भिजाउने, माटाका सामाग्री वनाउनेदेखि त्यसलाई सुकाउने, पोल्ने सम्मको अवथामा सवैले काम पाउँछन ।’

प्लाष्टिकका भाँडाले बजार खाए पनि तराईमा धुमधामका साथ मनाईने छठ लगायतका चाडपर्व, विवाह तथा पूजामा माटाको भाडा अनिवार्य रुपमा पयोग गर्नुपर्ने मान्यता छ । उनले गतवर्ष चाड पर्व मनाएर ५५ हजा पैयाँ बचत गरेको बताए ।

पूजा तथा विशेष पर्व तिहारमा मात्र काम लाग्ने भएकाले अरुवेला भने माटाका भाँडा वर्तन विक्री कम हुने गरेको उनीहको भनाई रहेको छ । प्लाटिकका सामाग्रीका कारण मेहनत अनुसारको आफुहरुले उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा आफ्नो पेसा धरापमा परेको उनीहको बुझाई छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ४६ बजे

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी