९ पुस २०८२, बुधबार | December 24, 2025

बबईमा नुहाउन गएका २ किशोरी बेपत्ता



दाङ । दाङमा स्थानीय बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । आज दिउँसो नदीमा नुहाउन गएका २ जना किशोरी बेपत्ता भएको दाङ प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेको दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

एसपी ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए । सँगै गएका मध्य दङ्गीशरण–२ की १३ वर्षीया निरूता बस्नेत भने नदी छेउमै बसेकी र नुहान नदीमा पसेका दुबै जना नदेखिएपछि उनले हार गुहार माग्दै कराउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तुलसीपुरबाट घटनास्थलमा पुगेको प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : ५० बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)