१७ जेष्ठ २०८३, आइतबार | June 1, 2026

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा नेपालगन्जमा शोकसभा



नेपालगन्ज । शताब्दी पुरुष सत्यमोहन जोशीको स्मरणमा नेपालगन्जमा शोकसभाको आयोजना गरिएको छ । नेवाः दय दबु सहित नेपालगन्जमा क्रियाशिल साहित्य तथा भाषागत संस्थाहरुको आयोजनामा जोशीको निधनमा शोकसभाको आयोजना गरिएको हो ।

शोकसभामा बोल्ने वक्ताहरुले स्वर्गिय सत्यमोहन जोशीको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका थिए । उनीहरुले सत्यमोहन जोशीलाई सरारको राष्ट्रिय विभूति घोषणा गर्न पनि माग गरे । भाषा, साहित्य, कला र वाङमय क्षेत्रमा जोशीले चलाएको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले स्वर्गिय जोशीको जीवन आफैमा विश्वबिद्यालय भएको जिकिर गरे ।

कार्यक्रममा बोल्दै बामपन्थी लेखक नरेन्द्रजङ पिटरले सत्यमहोन जोशी सबै नेपालीको साझा व्यक्तित्व भएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उपयुक्त प्रस्ताव ल्याउन संघ संस्थाहरुलाई आह्वान गर्दै स्थानीयतह सत्यमोहन जोशीको योगदानलाई स्थापित गर्न तयार रहेको बताए ।

नेवाः दय दबुका अगुवा कृष्णप्रसाद श्रेष्ठले स्वर्गिय जोशीलाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्न माग गरे । उनले हरेक वर्ष जोशीको स्मरणमा कार्यक्रम गर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा प्राध्यापक डा. जनार्दन शर्मा, प्राज्ञ सभा सदस्य श्री हरि प्रसाद तिमिल्सिना , महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव लगायतले सत्यमोहन जोशीको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका थिए ।

१९७७ बेशाख ३० गते जन्मेका जोशकिो गत आसोज ३० गते निधन भएको थियो । भाषा, साहित्य र लोकसंस्कृतिमा विशेष योगदान गरेका जोशीलाई सरकारले २०७४ बैशाख २१ गते वाङमय शताब्दी पुरुष घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ३३ बजे

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ : परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा

सीमाविद् र विज्ञहरूबाट प्रधानमन्त्रीको अभिव्यक्ति प्रति खेद प्रकट

काठमाडौँ । सीमाविद् र विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा

संयोजक प्रचण्डको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल