१ असार २०८३, सोमबार | June 15, 2026

पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन



चितवन । समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।

उनको जन्म वि.स १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो ।

नारायणघाटमा २००३ सालमा बीपी कोइरालाबाट तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएकी श्रेष्ठ १३ सालमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समिति सदस्य रहेको इतिहास छ । उनी १५ सालको आम निर्वाचनमा चुनाव उठ्न चाहेकी थिइन् । पार्टीले विश्वबन्धु थापालाई उठाएपछि स्वतन्त्र उम्मेद्वारी दिए पनि पछि बीपीको अनुरोधमा थापालाई नै समर्थन गरेकी थिइन् ।

दसैंको फूलपातीको दिन साँझपख जन्मेकी श्रेष्ठलाई छोरी जन्मियो भनेर आमाले सिस्नोको झ्याङमा लगेर फालेकी थिइन् । बाबाले छोरी जन्माए सौता ल्याउँछु भनेका कारण आमाले आफुलाई सिस्नुघारीमा फोलको स्मरण गर्दै उनले छोरी पढाउ अभियान थालेको बताउादै आएकी थिईन् । उनका बाबुको नाम वीरबहादुर र आमाको नाम गणेशकुमारी हो ।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी
-विरगञ्जमा डिठ्ठा रहनुभएका वुवा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किएकी थिइन् ।

-नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जिलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन सुरु गराइन् । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ

-भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ दान । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।

-२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद

-काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान

-चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान

-गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान

-नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान

-प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान

-पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान

-बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ४६ बजे

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

गर्मीबढेसँगै सर्पदंशका बिरामी बढे

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा