१ असार २०८३, सोमबार | June 15, 2026

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि थप २ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार काठमााडौं जिल्ला अदालतले बलात्कार प्रकरणमा सन्दीपमाथि अनुसन्धान गर्न थप दुई दिनको समय दिएको हो ।

अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो। कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।

१७ वर्षीया किशोरीले लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएका थिए । त्यतिबेला सन्दीप क्यारेबियन लिग खेल्दै थिए । बलात्कारको आरोप लागेपछि क्यानले पनि सन्दीपलाई निलम्बन गरेको थियो ।

सन्दीप नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो । त्यसपछि असोज २० गते काठमाडौं आएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : ३० बजे

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षरोपण गर्न सम्झौता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास