१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘दुई नम्बरी’ निर्माण टिमले विकास बोर्डलाई भन्यो दृश्य थपेका छैनौं



काठमाडौं । चलचित्र ‘दुई नम्बरी’ निर्माण टिमले दिएको चलचित्र विकास बोर्डलाई स्पष्टीकरण बुझाएको छ ।

चलचित्रका निर्माता किरण नेपालीले बोर्डलाई बुझाएको स्पष्टीकरणमा सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा नथपेको स्पष्ट पार्दै यदि थप भएको पाइएमा कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले ‘दुई नम्बरी’ को नयाँ संस्करणका बारेमा पत्रपत्रिका वा अनलाइनहरुमा प्रकाशित समाचारलाई आधिकारिक नमानिदिन पनि आग्रह गरेका छन् ।

‘उपरोक्त सम्बन्धमा चलचित्र ‘दुई नम्बरी’ को नयाँ संस्करणका बारेमा पत्रपत्रिका वा अनलाइनहरुमा प्रकाशित समाचारलाई आधिकारिक नमानिदिन हुन अनुरोध गर्दछु । आधिकारिक कुरा निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले आफ्नो फेसबुक पेजमा स्ट्याटसमार्फत् उल्लेख गर्नुभएको छ । उक्त स्ट्याटसमा चलचित्रको लम्बाइ हेरफेर गरिएको कतै उल्लेख छैन । हामीले चलचित्रका ध्वनि र कलरमा देखिएका केही प्राविधिक त्रुटिलाई संशोधन गरेर तेस्रो हप्तादेखि हलमा पठाएका हौं । त्यसैलाई अडियो र भिडियो दुवै पक्षमा परिमार्जन गरिएको भनिएको हो । हामीले सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा थपेका छैनौं । थपिएको पाइएमा कानुन बमोजिम कार्वाही भोग्न तयार छौं,’ निर्माता नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चलचित्रलाई नानाथरीका स्पष्टीकरण सोध्ने यो बोर्डको कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको समेत ध्यानाकर्षण गराउन चाहन्छौं । कला र सिर्जनामाथि अंकुस लगाइरहने हो भने गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य रहँदैन ।’

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : ०६ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका