२० जेष्ठ २०८१, आइतबार | June 2, 2024

पर्वत कुश्माका प्रावि शिक्षकलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण



पर्वत । जिल्ला निर्वाचन कार्यालय पर्वतले शिवालय मावि कुस्माका प्रावि शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

अधिकारले २०७९ असोज २२ गते आफ्नो फेसबुक स्टाटसमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले नियमानुसार कारबाही गरिपाउँ भनी फेसबुक स्टाटसको छायाँप्रति सहित लिखित उजुरी परेकाले आयोगले अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार तपाईँलाई किन कारबाही नगर्नु पर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र स्वयं उपस्थित भई जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष लिखित रूपमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने अन्तर्गत खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारपसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नपाइने’ व्यवस्था छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : १८ बजे

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

वीरगञ्ज। नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र

एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र

बलिवुड फिल्म बोर्डरको सिक्वेल बन्दै

काठमाडौं । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको

आइसीसी टी-२० विश्वकपमा अमेरिकाको विजयी शुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

सुनसरी । हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत