२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

पर्वत कुश्माका प्रावि शिक्षकलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण



पर्वत । जिल्ला निर्वाचन कार्यालय पर्वतले शिवालय मावि कुस्माका प्रावि शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

अधिकारले २०७९ असोज २२ गते आफ्नो फेसबुक स्टाटसमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले नियमानुसार कारबाही गरिपाउँ भनी फेसबुक स्टाटसको छायाँप्रति सहित लिखित उजुरी परेकाले आयोगले अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार तपाईँलाई किन कारबाही नगर्नु पर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र स्वयं उपस्थित भई जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष लिखित रूपमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने अन्तर्गत खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारपसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नपाइने’ व्यवस्था छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : १८ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु